जनै पूर्णिमामा सार्वजनिक विदा

सुदुरपश्चिम प्रदेश सरकारले रक्षा बन्धन (जनै पुर्णिमा) का दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

साउन १९ गते सोमबार रक्षा बन्धन परेकाले सो दिन प्रदेश सरकारले सार्वजनिक वबदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रसाद जोशीले जानकारी दिए ।

प्रदेश सरकार मन्त्रिपरिषदको गत जेठ २३ गतेको निर्णयअनुसार महत्वपुर्ण पर्वहरुमा प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जोशीले बताए ।

सो अनुसार साउन १९ गते रक्षाबन्धन, भदौ ७ गते अतवारी, पुस २९ भुवापर्व, चैत २३ खखडेहरा पर्वमा पनि विदा दिने निर्णय भएको छ ।

प्रतिक्रिया