बालुवाटारमा ओली–प्रचण्डबीच तीन घण्टा छलफल

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको छलफल सकिएको छ ।
छलफल झण्डै तीन घण्टा चलेको थियो । छलफलमा के के भयो भन्नेबारे भने नेताहरुले खुलाइसकेका छैनन् । यद्यपी आजको छलफल सकारात्मक रहेको शीर्ष नेता निकट स्रोतले जनाएको छ ।

आजको बैठकमा ओली प्रचण्डबाहेक अर्का नेता झलनाथ खनाललाई पनि सहभागी गराइएको थियो । त्यस्तै नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङपनि आजको छलफलमा सहभागी थिए ।

प्रतिक्रिया