पार्टीकाे विवाद राेक्न वामदेव गाैतमकाे ६ बुँदे प्रस्ताव

नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीकाे विवाद तत्काल रोक्नका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसमक्ष ६ बुँदे प्रस्ताव बुझाउनुभएकाे छ ।

उहाँले एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालमा ओली प्रधानमन्त्री रहने गरी सहमतिको प्रस्ताव गर्नुभएकाे छ ।

प्रचण्ड एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने पनि उहाँकाे प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया