पछिल्लो २४ घण्टामा १३९ कोरोना संक्रमित थपिए

नोभेल कोरोना भाइरसका १३९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३९ संक्रमित थपिएका हुन् ।

आइतबार देशभर १३० कोरोना भाइरस संक्रमित फेला परेका थिए भने ७५ जना डिस्चार्ज भएका थिए ।

देशभर सक्रिय संक्रमितको संख्या चार हजार ९५० रहेको छ । प्रदेश १ मा १९५, प्रदेश २ मा एक हजार ९११, वागमती प्रदेशमा ४०२, गण्डकी प्रदेशमा २४४, प्रदेश ५ मा ३५३, कर्णाली प्रदेशमा ३७५ र सुदूरपश्‍चिम प्रदेशमा एक हजार ७४० सक्रमिय संक्रमितहरु रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६२६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १३ हजार ४५४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

लकडाउन अन्त्य हुनुअघि ६ दिनमा कोरोना पोजेटिभ हुने ३.२ प्रतिशत थियो भने लकडाउन खुलीसकेपछिका ६ दिनमा पोजेटिभ हुनेदर ३.३ प्रतिशत रहेको छ ।

रौतहट र कैलालीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया