१३० कोरोना संक्रमित थपिए, ७५ जना डिस्चार्ज

नोभेल कोरोना भाइरसका १३० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३० संक्रमित थपिएका हुन् ।

देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ४४० रहेको छ ।

पछिल्लो २४ घण्टामा जना ७५ कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १३ हजार १२८ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट ७० दशमलव ५ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

हालसम्म कुल कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रयोगशालाबाट तीन हजार तीन सयको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरका १७ हजार ९०३ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर कोरोना भाइरसको संक्रमणबाट ४५ जनाको मृत्यु भइसकेको छ ।

गत साताको कोरोना संक्रमणको ग्राफ

गत साताको पहिलो दिन आइतबार १५७ जनामा कोरोना संक्रमित थपिएका थिए भने ५८ जना डिस्चार्ज भएका थिए ।

सोमबार १८६ कोरोना संक्रमित थपिएका थिए भने १७३ जना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले बताएका थिए ।

त्यसैगरी लकडाउनको अन्तिम दिन मंगलबार १५० कोरोना भाइरस संक्रमित थपिएका थिए भने ६०९ जनाको डिस्चार्ज भएका थिए ।

लकडाउन खुलेको पहिलो दिन बुधबार देशभर १०० कोरोना भाइरस संक्रमित थपिएका थिए भने २० जना डिस्चार्ज भएका थिए ।

त्यसैगरी बिहीबार १४७ जना संक्रमित थपिएका थिए भने १५६ जना डिस्चार्ज भएका थिए ।

शुक्रबार देशभर १३३ जना कोरोना संक्रमित थपिँदा १०७ जना डिस्चार्ज भएका थिए ।

शनिबार देशभर १०९ संक्रमित थपिँदा १०६ जना डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया