किन बढ्दै छ कोरोना संक्रमण,यस्तो छ पछिल्लो अपडेट

पछिल्लो २४ घण्टामा देशभर १५५८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १०८६ पीसीआर परीक्षणबाट  र  ४७२  एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा ८ हजार ६६५ नमुनाको पीसीआर परीक्षण र ३  हजार ७२० एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १२ हजार ३८५ गरिएको छ । 

१३५१  जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ। 

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या २५  हजार ४९७  छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ८३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८८ हजार ६५९  पुगेको छ । 

हालसम्म ७ लाख ४६ हजार ५६६ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार १२ पुगेको छ । 

प्रतिक्रिया