१ सय १ जना कोरोनाभाइरस संक्रमित थपिए

नेपालमा थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ पुगेको छ । नेपालमा कूल संक्रमितको संख्या १७ हजार ४४५ जना रहेका छन् ।

थप संक्रमितमा सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका ३, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौतहटका ८, सिन्धुलीका १, काभ्रेका १, काठमाडौँका १, पाल्पाका १, लम्जुङका २२, तनहुँका ७, बर्दियाका १०, दाङका ५, रोल्पाका १३, रुपन्देहीका १, सल्यानका १, रुकुम पश्चिमका १, डडेलधुराका १, बझाङका १ र डोटीका १ जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८५ जना कोरोनाभाइरसका संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ११ हजार ५३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६६.१२ प्रतिशत संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४६८६ जनाको पीसीआर टेस्ट गरिएको छ । हाल क्वरोन्टिनमा २२ हजार ७५७ र आइसोलेसनमा ५ हजार ८७१ संक्रमित रहेका छन् ।

प्रतिक्रिया