प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सकिएको छ।
बुधबार दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा साढे २ घण्टा छलफल भएको स्रोतले जानकारी दियो।
भेटको क्रममा के छलफल भएको हो भन्ने खुलाइएको छैन।
पार्टीमा देखिएको विवाद समाधानका लागि उनीहरूबीच मंगलबार पनि छलफल भएको थियो। हिजो पनि कुनै नयाँ प्रगति नभएपछि आजको लागि भेट तय गरिएको थियो।
यसैगरी गत बुधबार दुई अध्यक्षको भेट भएको थियो। भेटमा दुवै अध्यक्षले आ-आफ्ना अडान राखेका थिए। सहमति खोज्नका लागि भन्दै असार २६ गतेको स्थायी समिति बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ।