बाह्रबिसे नगरपालिका–५ जम्बुको पहिरोमा परी मृत्यु भएका दुई जना बेपत्ता हुने २० जनाको पहिचान खुलेको छ ।
बुधबार राति गएको पहिरोमा परी २५ वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । पहिरोले ११ वटा घर बगाएको छ ।
डिएसपी काफ्लेका अनुसार पहिरोमा बेपत्ता हुनेमा बाह्रबीसेका भीमबहादुर वाइबा, चिनिमाया वाइबा, लीलामाया वाइबा, पासाङ डोल्मा वाइबा, निमा डोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा र सविना तामाङ रहेका छन् ।
यस्तै, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ छन् ।
भोटेकोसी गाउँपालिकाका वुर्कुटेका निमादोर्जे तामङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङसमेत बेपत्ता छन् ।