• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तरवार्ता ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

पछिल्लो २४ घन्टामा, २०४ कोरोना संक्रमित थपिए

नोभेल कोरोना भाइरसका २०४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २०४ संक्रमित थपिएका हुन् ।

कुल कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ ।

हालसम्म देशभर दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसैगरी तीन लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ ।

हालसम्म देशभरका क्वरेन्टिनमा २५ हजार ७२७ जना रहेका छन् भने ८ हजार ६३४ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।

हालसम्म देशभरबाट ७ हजार ४९९ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

देशभर ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया