काठमाडौं उपत्यकामा २८ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा मंगलबार (आज) २८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक, पाटन अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका चार, काठमाडौंका १२ जना र ललितपुर १० जनामा कोरोना देखिएको छ । यस्तै त्रिवि शिक्षण अस्तालमा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एकजनामा कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले बताए ।

सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया