काठमाडौं उपत्यकामा २८ सहित थपिए २०४ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । देशैभर २४ घन्टामा २ सय ४ जनामा संक्रमण देखिएकोमा २८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

आज काठमाडौंमा १४ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १ जना, धुलिखेलमा गरिएको परीक्षणमा भक्तपुरका ४ जना, काठमाडौंका १२ जना, ललितपुरमा १० जना र शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना देखिएको छ ।

प्रतिक्रिया