• गृहपृष्ठ /
  • Breaking News ,
  • देश ,
  • धर्म दर्शन ,
  • मुख्य खबर ,
  • समाचार

गुरूप्रति श्रद्धाभाव प्रकट गरी आज गुरू पूर्णिमा पर्व मनाइँदै

आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा, आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाउने गरिन्छ ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरूको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरूलाई आमाबुवा सरह मान्ने गरिन्छ ।

वेदादिशास्त्रहरूको उपदेश गर्नेलाई गुरू भनिन्छ । निषेकादि संस्कार यथाविधि गर्ने र अन्नादिद्वारा पोषण गर्नेलाई गुरू भनिन्छ । यस परिभाषाअनुसार प्रथम गुरू माता–पिता हुन् भने द्वितीय गुरू पुरोहित, शिक्षक आदि हुन् ।

परम्परागत रुपमा गुरू पूर्णिमाका दिन शिष्यहरूले गुरुलाई भेट्ने चलन थियो, तर अहिले भने भेट्न भ्याउनेले भेट्छन् नभए टेलिफोन तथा सामाजिक सञ्जालमार्फत शुभकामना दिने गर्छन् ।

महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरू पूर्णिमाका रूपमा लिने गरिएको छ ।

प्रतिक्रिया