गुल्मीमा पहिरो : २ जनाको मृत्यु

गएरातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । अझै १ जना बेपत्ता छन् ।

पहिरोमा परी इस्मा गाउँपालिकाको १ हस्तिचौरका १८ महिनाका सिजन सारु मृत फेला परेका छन् ।

घरमाथिबाट एक्कासी आएका पहिरोले गोठ बगाएपछि बालक पहिरोमा परेको इस्मा गाउँपालिका वडा नं १ का वडा सदस्य जंग बहादुर खत्रीले जानकारी दिए । भने परिवारका अन्य सदस्य भागेर बाचेका छन् ।

त्यस्तै सोही ठाउँकै पहिरोले हस्चिौरकै रिख बहादुर खत्रीको घर बगाएको छ । पहिरोमा पुरिएर हराइरहेकी ७ बर्षकी अपेक्षा खत्रीको शब फेला परेको छ भने श्रीमती इश्वरा खत्रीको जिवितै उद्दार गरिएको छ ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर २ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् । पहिरोले गाउँ–गाउँबीचकै सम्पर्क बिच्छेद भएको र अन्य मुल सडक समेत अबरुद्ध भएका कारण उद्दारमा समस्या भएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया