• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • राजनीति

कुख्यात अपराधी पक्रन गाउँ पुगेका डीएसपीसहित ८ प्रहरीको हत्या

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा आठ जना प्रहरीको सामूहिक हत्या भएको छ । कानपुर जिल्लाको एक गाउँमा प्रहरीको हत्या भएको हो ।

अज्ञात समूहले आज बिहान प्रहरीमाथि गोली प्रहार गर्दा एक डीएसपी, तीन सब–इन्स्पेक्टरसहित आठ जना प्रहरीको हत्या गरेको हो । बन्दुकधारी समूहले घरको छानामा लुकेर गोली प्रहार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हत्या आरोपीलाई पक्राउ गर्न सो गाउँमा तीन प्रहरी स्टेशनबाट प्रहरी टोली पुगेको थियो । विकास दुवे नामका आरोपितलाई पक्राउ गर्न प्रहरी त्यहाँ पुगेको बताइन्छ । दुवेलाई ६० आपराधिक गतिविधिमा संलग्न रहेको आरोप छ ।

डीएसपीसहित ८ प्रहरीको हत्यामा दुबे समूहले आक्रमण गरेको दावी छ । ‘त्यहाँ एम्बुस थियो’, कानपुर प्रहरी प्रमुख दिनेश कुमारले भने, ‘तीनतिरबाट गोली प्रहार भएको थियो र यो पूर्ण रूपमा योजनाबद्ध थियो।’

सो घटनापछि कानपुरसँग जोडिएको ६ जिल्लासँगका नाका बन्द गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

लखनउबाट एक फोरेन्सिक टोली घटनास्थल पठाइएको र विशेष सुरक्षा बल पनि पठाइएको जनाइएको छ ।

प्रतिक्रिया