• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तरवार्ता ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

४७३ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १४ हजार ५१९

नोभेल कोरोना भाइरसका ४७३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७३ संक्रमित थपिएका हुन् ।

जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।

नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमित देखिएका थिए । आइतबार देशभर ४६३, सोमबार ४७६, मंगलबार ३१६ र बुधबार ४८२ कोरोना संक्रमित फेला परेका थिए ।

देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ ।

कुल कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।
हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि पाँच हजार ३२० जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६६४ जना डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरका २५ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म दुई लाख ३७ हजार ७६४ जनाको पीसीआर परीक्षण गरिएको छ भने तीन लाख ६२० जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा चार हजार ५३७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ३८ हजार १०९ मानिसहरु रहेका छन् भने आइसोलसनमा १० हजार १३७ कोरोना संक्रमितहरु रहेका छन् ।

प्रतिक्रिया