वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खुल्यो

कोरोना भाइरसको महामारीका कारण रोकिएको वैदेशिक रोजगारीका लागि श्रमि स्वीकृति आजदेखि सुरु भएको छ ।

मन्त्रिपरिषदको १५ गते बसेको बैठकले रोजगारीका लागि विदेश जानेका लागि श्रम स्वीकृति दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार श्रम स्वीकृति दिन थालिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागलाई श्रम स्वीकृति दिन भनिएको छ ।

बिदामा नेपाल आएका करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ को परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्नेगरी वैदेशिक रोजगारीमा जाने निर्णय गरिएको छ ।

त्यस्तै करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र भिसाको समेत म्याद थप भएका व्यक्तिको आवश्यक कागजातसहित निवेदन दिएमा कोभिड(१९ र स्वास्थ्य परीक्षण प्रटोकल पालना गरी श्रम स्वीकृति दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

सरकारले कोरोना संक्रमणका कारण गत फागुन ३० देखि श्रम स्वीकृति दिन रोक लगाएको थियो। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहालले विभागको काठमाडौ कार्यालयबाट बिहीबारदेखि नै सुरु भइसकेको र उपत्यका बाहिरका कार्यालयबाट आइतबारबाट पुनः श्रम स्वीकृति दिने काम सुरु हुने जानकारी दिए।

प्रतिक्रिया