प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन

प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।

लामो समय देखि मुटुको समस्याका कारण काठमाडौं स्थीत गंगलाल हृदयरोग केन्द्रमा उपचार गराईरहेकी छन्त्यालको बुधबार बिहान ९ बजे निधन भएको हो ।

नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुँवरका अनुसार छन्त्याल मुटुको समस्या गम्भीर भएपछि विगत एक महिनायता अस्पताल भर्ना भएकी थिईन् ।

६६ वर्षीया छन्त्याल बागलुङ तमानखोला खुङ्खानीकी हुन् । पछिल्लो समय उनी बुर्तिबाङका स्थायी बासिन्दा थिईन् ।

नेपाली काँग्रेस बागलुङको महाधिवेसन प्रतिनिधि एवं जिल्ला सल्लाहकार रहेकी छन्त्याले २०७४ को निर्वाचनमा समानुपातिकबाट प्रतिनिधि सभा सदस्य चुनिएकी थिईन् ।

नेपाली काँग्रेसले दोस्रो संविधान सभा निर्वाचनमा बागलुङका तीन वटै क्षेत्रमा निर्वाचन जित्दा छन्त्याल बागलुङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएकी थिईन् ।

पार्टी र समाज पनि छन्त्याल ईमान्दार सोझो छवि र सबैलाई सहयोग गर्ने खालको थिईन् ।

प्रतिक्रिया