• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । नेकपाको जारी स्थायी कमिटी बैठकमा सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा मागिए पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले बैठक विहान ७ बजेका लागि बोलाएका हुन् ।
प्रधानमन्त्रीले स्थायी कमिटी बैठकमा भएको सरकारको आलोचनालगायत बिषयमा अनौपचारिक छलफल गर्न बोलाएको एक मन्त्रीले बताए ।

मंगलबार स्थायी कमिटी बैठकमा बोल्ने १८ जना सदस्यले नै सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका थिए । कसैले पनि सरकारको बचाउ नगरेपछि प्रधानमन्त्री ओली एक्लैले सरकारको बचाउ गर्नु परेको थियो ।

प्रतिक्रिया