१४ अर्ब कारोबार सहित नेप्सेमा हरियाली,सबै सूचकमा चमक

आर्थिक वर्ष २०८१/८२ को अन्तिम कारोबार दिन शेयर बजार हरियाली देखिएको छ। मंगलबार नेप्से परिसूचक ३७ अंकले उकालो लाग्दै २७९७ विन्दुमा पुगेको छ। नेप्से बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ।

आज कूल ३३० कम्पनीको शेयर कारोबार हुँदा कारोबार रकम १४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। अधिकांश कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ भने दुई कम्पनीको शेयरमा सर्किट लागेर उच्चतम बिन्दुमा पुगेका छन्।

उपसमूहहरूमध्ये विकास बैंक समूहको उपसूचकमा सबैभन्दा बढी वृद्धि देखिएको छ। यता, व्यापार उपसमूह भने सामान्य रूपमा घटेको छ।

प्रतिक्रिया