काठमाडौँ महानगरका मेयर बिद्यासुन्दर शाक्य आफ्नै कर्मचारीका कारण पछिल्लो एक वर्ष यता बिबादै बिबादको भूमरीमा जाकिएका छन्। महानगरमा प्रमुख कार्यकारी अधिकृत केदार न्यौपानेको सरुवा पछि महानगर सुस्त बन्न थालेको थियो,जून क्रम अहिले सम्म जारी छ ।
त्यसका अलावा संगठन बिभाग प्रमुख नमराज ढकाल र खरिद तथा जिन्सीका सुदर्शन भट्टराईको काइते रबैयाका कारण मेयर शाक्य थप बदनाम बनेका छन् । कोरोनाको कहरका बेला ढकाल र भट्टराईले महानगरलाई लुट्नु सम्म लुटेको एक वडा सदस्यले बताए। उनका अनुसार महानगरले खरिद गरेको माक्स,सेनिताइजर पन्जा सबै गुणस्तरहिन छन्। कम मूल्यमा खरिद गरि खरिद मुल्यको पांच गुणा बढी महानगर बाट भुक्तानी गरेको बिल देखाएर दैनिक लाखौ हजाम गरेको महानगर श्रोतले बताएको छ ।
नमराज ढकालले मेयरका नाममा शिक्षक सरुवाको अनुमति दिदा नब्बे करोड घुस असुलेको र त्यो पैसा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल सम्म पुगेको भन्दै आफुलाई कसैले छुन नसक्ने हल्ला गर्ने गरेको महानगरमै चर्चा चल्ने गरेको छ।
हुन् पनि ढकाल रिमालकै दबाबमा संगठन बिभागमा पुगेका हुन्,ढकाल र रिमाल दुवै नुवाकोटको भएको बताइन्छ। महानगरमा कोरोनाका लागि भएको सामग्री खरिदको अनियमितताका बारेमा अख्तियारले गोप्य रुपमा अनुसन्धान गर्न थाली सकेको छ। पछिल्ला दिनमा सादा पोशाकका प्रहरीले ढकाल र भट्टराईको निगरानी गरिरहेको उच्च श्रोतले बतायो।