कलाकार तथा समाजसेवी लक्षमण श्री"दशक सम्मानबाट सम्मानित

केपि कुमार जलन/ बागलुङ - मेलाकाे तेस्राे दिन अर्थात चैत्राष्टमि मेलाकाे मुल समराेहकाे दिन गायक समाजसेबी लक्षमण श्रि "दशक सम्मान बाट सम्मानित हुनु भएकाे छ । 

 उहाले दशकौं देखि सामाजिक सेवा, लोक संस्कृतिको संरक्षण तथा चेैत्राष्टमी मेला संरक्षण एवं सम्बर्द्दमा पुर्‍याएको योगदानकाे कदर गर्दै चेैत्राष्टमी मेला मुल समारोह २०७९ को अवसर पारेर कालिका भगवती गुठी व्यवस्थापन समिति बाग्लुङ्गले सम्मानित गरेकाे हाे ।  

 

पुर्व गृह मन्त्री तथा गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री माननीय खगराज अधिकारी ज्यु, पुर्व शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री माननीय देबेन्द्र पौडेल ज्यु सहित दर्जन माननीय सांसद ज्युहरु र विशिष्ट व्यक्तिहरुकाे बाहुली बाट' दशक सम्मान ' द्वारा सम्मानित गरिएकाे हाे , गायक श्रि ले पछिल्लाे समय गित संगित , दुखि पिडित र सामाजिक क्षेत्रमा सहयाेग पुराउदै अाउनु भएकाे छ । सम्मानित भएकाे सुखद क्षणमा गायक श्री ले याे सम्मानले अाफुलाई निकै खुसी लागेकाे र अागमि दिनमा अझै कालिका भगवती मन्दिरकाे सुधारमा अाफ्नाे हरक्षण साथ सहयाेग रहने प्रतिबद्वता जनाउदै सम्मानित गर्ने कालिका भगवती गुठी व्यवस्थापन समिति र अध्यक्ष कुमार खड्का लाई धन्यबाद दिनु भएकाे छ ।

प्रतिक्रिया