• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • राजनीति ,
  • समाचार

नागरिकता विधेयकमा गगन थापाको यस्तो प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले नागरिकता विधेयकको विषयमा एकमत हुन सबैलाई आग्रह गरेका छन्। थापाले नेपालको संशोधित नक्साको विषयमा जस्तै सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन्।

‘नागरिकतामा समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउने समझदारी बनायौं भने मलाई विश्वास छ। वैवाहिक अंगीकृत नागरिकतामा समयावधि राख्ने कुरामा हाम्रो मत मिल्नेछ’, थापाले भने, ‘जसरी नक्साको विषयमा एकजुट भएका थियौं त्यसैगरी यो विषयमा पनि आवेग होइन विवेकका साथ सामूहिक प्रयासबाट समाधान खोजौँ।

प्रतिक्रिया