नवनिर्वाचित सांसदले लिए शपथ

काठमाडौं, चैत १२ — प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित कार्यक्रममा सांसदहरूले औपचारिक रूपमा शपथ ग्रहण गरेका हुन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई शपथ गराएका थिए। संसद् सचिवालयका अनुसार यसपटक ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्।

शपथ कार्यक्रममा सहभागी हुन सांसदहरू विभिन्न सांस्कृतिक भेषभूषामा उपस्थित भएका थिए, जसले कार्यक्रमलाई थप विविधतामय बनाएको थियो।

प्रतिक्रिया