अर्जुननरसिंह केसीले लिए ज्येष्ठ सदस्यको शपथ

काठमाडौं । रामचन्द्र पौडेल समक्ष प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा शपथ लिनुभएको हो।

उक्त समारोहमा रामसहायप्रसाद यादव, सुशीला कार्की, प्रकाशमानसिंह राउत, नारायण दाहाल सहित मन्त्रीगण, संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

ज्येष्ठ सदस्य केसीले अब प्रतिनिधिसभाका अन्य नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने जिम्मेवारीसमेत निर्वाह गर्नेछन्।

प्रतिक्रिया