आधा दर्जन कलाकारहरुको आवाजमा सन्देश मुलक गीत, दर्शकले भने उत्कृष्ट सिर्जना

लोकप्रिय सर्जक शिव हमाललको लय तथा शब्द सिर्जना रहेको निकै उत्कृष्ट र सन्देशमुलक गीत साँइला दाई भर्खर मात्र सार्वजनिक भएको छ ।

लकडाउनको समयमा धेरै आफ्नो गाँउमा फर्किएका छन भने गाँउमै खेती किसान पनि गरिरहेका छन । दुख पर्दा आफ्नै गाँउ चाहिने कुरा यो गीतले उठाएको छ ।

गीतमा चर्चित गायक सर्जक शिव हमाल,चोलेन्द्र पौडेल,घनाश्याम रिजाल, तुलसी क्षेत्री,पार्वती जिसी र ज्योती लोहोनीको आवाज रहेको छ ।

गीतको म्युजिक भिडियो निर्देशन होम गुरुङले गरेका छन भने शिव हमालको युउटुव च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया