भिजिटपछि वर्किङ भिसा पनि रोक्यो यूएईले

काठमाडौँ । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीलाई वर्किङ र भिजिट दुवै भिसा दिन रोकेको छ।

एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले दुवै प्रकारका भिसा बन्द गरेको हो। उनले यो निर्णय कहिलेसम्मका लागि लागू हुन्छ भन्नेबारे ठोस जानकारी नभएको बताए। हालको नेपालको अवस्थालाई मध्यनजर गरेर वर्किङ भिसासमेत रोकिएको अनुमान गरिएको छ।

हालैका दिनमा भिजिट भिसाको नाममा फ्रिलान्सरका नाममा ठगी गर्ने बिचौलियाहरूको धन्दा मौलाउँदै गएको थियो। अबुधाबीस्थित नेपाली दूतावासले भने यसबारे आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ।

दुबई र नेपालस्थित विभिन्न कम्पनीहरूले भिसा टाइपिङ गर्ने क्रममा आवेदन दिन नसकेको र पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको जानकारी दिएका छन्।

यूएईलाई वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मानिन्छ। हाल त्यहाँ करिब ८ लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय