आरन चलाउने कर्मशिल हातहरुलाई नगरपालिकाले गर्यो आधुनिक उपकरण सहयोग

लामो समय देखि गाँउका हतियारहरुमा पाइन लगाँउदै आएका बाग्लुङ नगरपालिका ब्यवसायिलाई आधुनिक औजार प्रदान गरिएको छ ।

बर्सौ बर्ष देखी बागलुङ नगरपालिका वार्ड नं ७ भिरामुनीमा परम्परागत देखी नै आरान पेशा गर्दै आएका बिश्वकर्माहरुले विभिन्न किसिमका भाडाकुडा औजार बनाउदै पुर्खाले गरेको कामलाई अहिले पनि निरंतरता दिँदै आएका छन् ।

बागलुङ बजार लगायत अधिकांश ठाँउमा पुग्ने सामान हाल बिश्वभर महामारी रूपमामा फैलिएको कोरोना भाइरसले लामो समय लकडाउनको चपेटामा परेका कामदार बिश्वकर्माहरुलाई केहि रूपमा काम गर्ने सहज होस् भन्ने उदेश्यले स्थानिय सरकारको पहलमा आरान सुधार कार्यक्रम अन्तर्गत अति आवस्यकता पर्न सामाग्री जस्तै पंखा, घन, एकएक थान प्रदान गरिएको छ ।

सहयोग पाए पछि विश्वकर्माहरुले यस्ता सहयोगले आफ्नो पेसामा लाग्न अझ धेरै हौसला प्रदान गरेको बताए ।

त्यस गाउँका २१ परिवारलाई वडा अध्यक्ष खगराज पान्डेको प्रमुख आतिथ्यमा सामाग्री वितरण गरिएको छ । कार्यक्रम वडा सचीव हिरा बहादुर केसीको संचालनमा, बिपिन बिश्वकर्माको सुभकामना मन्तव्य र सहभागी तर्फबाट जित बहादुर विक बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण वडा सदस्य केशव कार्कीले गर्नु भएको थियो ।

प्रतिक्रिया