छाउनी अस्पतालमा कार्यरत सेनाका प्यूठ गोली लागेको अवस्थामा मृत भेटिए

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत नेपाली सेनाका प्यूठ मृत अवस्थामा फेला परेका छन्।

बिहीबार राति पौने १२ बजे बैतडी घर भइ अस्पतालमा कार्यरत प्यूठ डम्बरबहादुर विष्ट छातीमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन्।

‘उसको ९ देखि १२ बजे सम्मको ड्युटी हो। ड्युटीकै क्रममा मृत फेला परेका हुन्,’ महानगरीय प्रहरी वृत्त, स्वयम्भुका डिएसपी निरञ्जन भट्टले भने,’थप अनुसन्धान भइरहेको छ।’विष्टले आत्महत्या गरेको आशंका गरिएको छ।

‘अहिले नै सबै भन्न सकिने अवस्था त छैन। सबै कुरा त अनुसन्धानपछि आउला,’उनले भने,’प्रारम्भिक अनुसन्धानले आत्महत्या गरेको हुनसक्ने देखिएको छ।’

शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।

प्रतिक्रिया