गण्डकी प्रदेशका चार जिल्लामा थप ३७ कोरोना संक्रमित थपिएका छन् ।
स्याङ्जामा २२, पवर्तमा १३, तनहुँमा १ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताएका छन् ।
पर्वतको कुष्मा नगरपालिका, पैयु गाउँपालिका र विहादी गाउँपालिका तथा स्याङजाको वालिङ र गल्याङ नगरपालिका तथा अर्जुनचौपारी गाउँपालिकामा कोरोना संक्रमित थपिएका छन् । यस्तै तनहुँको घिरिङ गाउँपालिका र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिकामा कोरोनाका संक्रमित थपिएका हुन ।