वाणिज्य बैंकको नाफामा ४३% वृद्धि, नबिल पहिलो

काठमाडौं — वाणिज्य बैंकहरूको खुद नाफामा गत आर्थिक वर्षमा उल्लेखनीय वृद्धि देखिएको छ। २० वटा सबै वाणिज्य बैंकको संयुक्त नाफा एक वर्षमै ४३।५५ प्रतिशतले बढेर ७१ अर्ब १२ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सो रकम ४९ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ मात्र थियो।

प्रकाशित २०८१र८२ आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, चार बैंकको नाफा घटेपनि बाँकी सबैले नाफामा सुधार गरेका छन्। यससँगै बैंकहरूको नाफा क्रमसूचीमा पनि ठूलो फेरबदल भएको छ।

सबैभन्दा बढी नाफा गर्ने बैंक
नाफामा शीर्ष स्थान यसपटक पनि नबिल बैंकले सुरक्षित गरेको छ। बैंकले ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा १५।०१ प्रतिशत वृद्धि गरेको छ।

दोस्रो स्थानमा उछाल
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ९एनआइएमबि० ले ग्लोबल आइएमई बैंकलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ। यसले ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६४।४४ प्रतिशतले बढी हो।

ग्लोबल आइएमई तेस्रोमा
ग्लोबल आइएमई बैंक ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफासहित तेस्रो स्थानमा पुगेको छ, तर वृद्धि दर मात्र १।१० प्रतिशत रहेको छ।

अत्यधिक नाफा वृद्धिदर भएका बैंकहरू
प्रभू बैंकले नाफामा ९६५।४१ प्रतिशतको भारी उछालसहित ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ कमाउँदै चौथो स्थान सुरक्षित गरेको छ।
कुमारी बैंकको नाफा ४५९ गुणाले बढेर २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ पुगेको छ, जसले यसलाई वृद्धिदरमा पहिलो बनाएको छ।
नेपाल बैंकको नाफा १३३ गुणाले बढेर ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ भएको छ।
माछापुच्छ्रे बैंकले पनि ९२।४५ प्रतिशत वृद्धि गर्दै २ अर्ब १ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ।

अन्य बैंकहरूको वृद्धि दर
राष्ट्रिय वाणिज्य ९४९।५३५०, कृषि विकास ९४८।८८५०, एनएमबि ९४६।२२५०, लक्ष्मी सनराइज ९४०।९७५०, हिमालयन ९२२।१५५०, प्राइम ९१४।७२५०, सिद्धार्थ ९१०।२४५० र सानिमा ९७।२५५० बैंकको नाफा पनि बढेको छ।

नाफा घटेका बैंकहरू
चार बैंकको नाफा भने घटेको छ। एनआइसी एशियाको नाफा ८५।५२ प्रतिशत घटेर १६ करोड रुपैयाँमा सीमित भएको छ।
नेपाल एसबिआई बैंकको नाफा ९।८६५, स्ट्यान्डर्ड चार्टर्डको ७।५१५ र सिटिजन्स बैंकको २।०८५ले घटेको छ।

 

Nepali Banks Profit Comparison (Ashar 2081 vs 2082)

Net Profit in Rs. '000'

S.N Bank Name Ashar 2082 Ashar 2081 Growth %
1 Nabil 7,127,566 6,197,109 15.01
2 NIMB 6,756,649 4,108,892 64.44
3 Global IME 6,204,745 6,137,454 1.10
4 Prabhu Bank 5,442,693 510,856 965.41
5 Everest 4,918,165 3,703,225 32.81
6 Laxmi Sunrise 4,116,967 2,920,379 40.97
7 Prime 4,024,431 3,507,894 14.72
8 Agricultural Development 3,828,507 2,571,519 48.88
9 Rastriya Banjiya 3,816,709 2,552,467 49.53
10 Nepal Bank 3,773,008 28,420 13,175.89
11 Siddhartha 3,395,285 3,080,028 10.24
12 NMB 3,281,791 2,244,395 46.22
13 Standard Chartered 3,029,303 3,275,268 (7.51)
14 Sanima 2,571,155 2,397,443 7.25
15 Kumari 2,116,409 4,608 45,829.01
16 Machhapuchchhre 2,011,461 1,045,199 92.45
17 Nepal SBI 1,802,580 1,999,772 (9.86)
18 Himalayan 1,512,532 1,238,303 22.15
19 Citizens 1,293,321 1,320,731 (2.08)
20 NIC Asia 101,573 701,427 (85.52)
Total/Average 71,124,850 49,545,389 43.55

Key Observations:

  • Highest Growth: Kumari Bank (45,829.01%) and Nepal Bank (13,175.89%) showed extraordinary profit growth
  • Positive Growth: 16 out of 20 banks showed profit growth year-over-year
  • Negative Growth: Standard Chartered, Nepal SBI, Citizens, and NIC Asia saw profit declines
  • Total Profit: Combined profit increased by 43.55% from Ashar 2081 to Ashar 2082

 

प्रतिक्रिया