जेठ महिनामा मात्र छिमेकी मुलुक भारतबाट करीब २ लाख २२ हजार नेपाली स्वदेश फर्किएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।
वैशाख महिनामा ७ हजार नेपाली स्वदेश फिर्ता भएकोमा जेठमा त्यो संख्या बढेर २ लाख २२ हजार पुगेको उनले बताए ।
बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले भारतबाट स्वदेश फर्किनेको संख्या बढिरहेको बताए ।
‘वैशाख महिनामा ७ हजार ४ सय ७८ थियो, जेठ महिनामा २ लाख २२ हजार ६ सय ५४ जना नेपाल भित्रिएका छन्,’ ओलीले भने, ‘जेठ १८ देखि दैनिक औसत ७ देखि १० हजार व्यक्ति नेपाल प्रवेश गरेका छन् । ठूलो संख्याका कारण परीक्षणमा असहजता भएकाले त्यसलाई सामना गर्न तयारी अवस्थामा लागेका छौं ।’