काठमाडौं । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १५५ पुगेको छ । मंगलबार साँझसम्म १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा १३३ पुरुष र २२ महिला छन् ।
हालसम्म कोरोना संक्रमणले दुईजनाको ज्यान गइसकेको छ । १९ जनाले कोरोना जितेर घर फर्किएका छन् । संक्रमितमध्ये कैलालीका ५९, कञ्चनपुरका ३३, अछामका, १५, डडेलल्धुराका १५, दार्चुलाका १२ जना छन् । यस्तै बझाङका ७, बैतडीका ६, डोटीका ६ र बाजुरामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आरडीटी र पीसीआर विधिबाट हालसम्म ५२ हजार ६ सय ६५ जनाको जाँच गरिएको छ भने ९ हजार २ सय ९४ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ८५ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।
प्रदेशभर आइसोलेसन शय्याको संख्या २४९ वटा छ । सुदूरपश्चिम प्रदेशमा ६५ हजार ९ सय ९१ जना क्वारेनटाइनमा छन् । उनीहरू अधिकांश भारतबाट फर्किएका हुन् ।