अन्तिम कारोबार दिन पनि नेप्सेमा हरियाली,कारोबार रकम ३० अर्ब नजिक 

काठमाडौं— बिहीबार नेप्से परिसूचक ४३ अंकले बढेर बजार ३ हजार विन्दुमा पुगेको छ। नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। दिनभर तीव्र उतारचढ़ावका बीच नेप्से अन्त्यमा दोहोरो अंकको हरियालीमा बन्द भएको हो।

बिहीबार ३३४ कम्पनीहरूको २९ अर्ब ९५ करोड भन्दा धेरैको शेयर किनबेच भयो। कारोबार भएका मध्ये १०५ कम्पनीको मात्र शेयर मूल्य बढ्दा ४ कम्पनीको शेयर मूल्य १० प्रतिशत भन्दा धेरैले बढेको छ। हिमालयन रिइन्स्योरेन्सको शेयर सबैभन्दा धेरै मूल्यको किनबेच भएको भए पनि यसको मूल्य भने आज घटेको छ। नेपाल फाइनान्स कम्पनीको शेयर मूल्य पनि १० प्रतिशतले घटेको छ।

उपसूचकमा सुधार आएको छ, विशेषगरी बैंक उपसूचकमा ५ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ, जसले नेप्से हरियाली हुनुमा मुख्य भूमिका खेलेको छ। यद्यपि, फाइनान्स, बीमा, र उत्पादन उपसमूहमा गिरावट आएको छ।

प्रतिक्रिया