• गृहपृष्ठ /
  • Breaking News ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र ,
  • पत्रपत्रिका

बैंकमा थुप्रियो तरलता, सीडी रेसियो ८० प्रतिशतभन्दा तल

काठमाडौं - बैंकहरुमा लगानी योग्य रकम थुप्रिएको छ । पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०% भन्दा तल आएकोे छ । 

केन्द्रीय बैंकको शनिबारसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ७९.८९% मा आएको छ । यसबाट वाणिज्य बैकहरु कर्जा प्रवाहका लागि निकै सहज अवस्थामा रहेको देखिन्छ । केन्द्रीय बैंकको व्यवस्था अनुसार बैंकहरुको कर्जा निक्षेप अनुपात अधिकतम ९०% भित्र सीमित हुनुपर्छ । अर्थात, वाणिज्य बैंकहरुले आफ्नो कुल निक्षेपको ९०% मात्र कर्जा प्रवाह गर्न पाउँछन् । 

यद्दपि, पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप थुप्रिने क्रम बढेपनि सोही अनुसार कर्जा विस्तार हुन सकेको छैन । जसका कारण सीडी रेसियो पनि निरन्तर घट्दो क्रममा रहेको छ । शुक्रबारको तुलनामा शनिबार एकै दिन वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले बढेकोे देखिन्छ । यद्दपि, सोही समयमा कर्जा लगानी भने स्थिर रहेको छ । 

प्रतिक्रिया