लोकप्रिय गायक तारापति सुवेदीको आवाज रहेको नया गीत “हामी वीर गोर्खाली काँतर हैनौं” आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
गीतको शब्द केशरी अधिकारी सुबेदिको रहेको छ भने लय सृजना तथा स्वर तारापती सुबेदिको रहेको छ । सो गीतमा दिवस थापा मगरले संगीत संयोजनका साथै बाँसुरी र सारङ्गीको मिठो धुन भरेका छन ।
गीतको भिडियोलाई दिपक अधिकारीले निर्देशन तथा सम्पादन गरेका हुन भने समुन्द्र सुबेदिले छायांकन गरेका हुन । भिडियो ताराजीवन म्युजिक क्रीयसनको युट्युब च्यानलमा सार्वजनिक छ ।
गीत सार्वजनिक भएपछि हामी सँग कुरा गर्ने गायक सुवेदीले गीत सबैलाई मन् पर्नेमा आफू आशावादी रहेको बताउनु भएको ।