रौतहटमा आठ लाख अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार बिहान पौने ११ बजे प्रहरीले इशनाथ नगरपालिका ४का धर्मेन्द्र साहलाई आठ लाख अवैध रकमसहित पक्राउ गरेको हो।
साहलाई प्रहरीले गौर नगरपालिका ४ बाट पक्राउ गरेको हो।झोलामा पैसा हालेको रहेछ। प्रहरीलाई शंका लागेर उनलाई सोधपुछ गरेको थियो,’ रौतहटका डिएसपी भरत श्रेष्ठले भने, ‘भाग्न खोजेपछि प्रहरीले उसलाई पक्राउ गरेको हो।’
साहले उक्त रकमको स्रोत भने नखुलाएको उनले बताए। ‘उसले रकमको स्रोत खुलाएको छैन,’ उनले भने, ‘अब थप अनुसन्धानबाट खुल्ला।’
यसअघि पनि रौतहटमा अवैध रकम फेला परेको थियो। त्यसबारेमा पनि अनुसन्धान भइरहेको उनले जानकारी दिए।