रुपन्देहीको तिलोत्तमा–१० मैनहियामा कोदालो प्रहारबाट हत्या गरिएका ५ जनाको घाँटीमा चोट देखिएको छ ।
हत्या गरिएकाहरुमा माधव मुसहर ४० , उनकी श्रीमति जानकी मुसहर ३७ बर्ष कोषराज मुसहर, १४ ,करन चौधरी १७ र आशिष चौधरी १७ रहेका छन् ।
गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गए राति कोदालो प्रहार गरेका हुन् । करण र आशिष चौधरी कामदार नभएर फर्ममा बस्न गएका रुपन्देहीका प्रहरी प्रमुख हेम बहादुर थापाले बताए ।
थापाले भने, ‘अहिले हेर्दा धेरैको घाँटीमा चोट देखिन्छ । तर अरु चोटबारे पोष्टमार्टम रिर्पोटबाट खुल्नेछ ।’
उनीहरु सबैलाई एकैठाउँमा राखेर हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले हत्याको आशंकामा सुर्खेतका लगभग ३२ वर्षीय युवक झपेन्द्र सिंह सिंजालीलाई नियन्त्रणमा लिएको छ । उनलाई अस्पताल लैँजान लागिएको छ ।
मृतकहरुको पोष्टमार्टम बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा गरिने र घटनाको छानविन गर्नको लागि प्रदेश प्रहरी कार्यालयबाट एसएसपी राजकुमार बैदवारको नेतृत्वमा अनुसन्धान टोली समेत गठन गरिएको छ ।