बागलुङमा सुत्केरी र गर्भवती महिलालाई पोषिलो आहार वितरण

बिश्वभरी फैलिएको कोरोना भाइरस( covid 19) को महामारीले निम्त्याएको कठिन परिस्थितिमा गर्ववति महिलाहरुलाई मध्यनजर गर्दै वडा ले पोषिलो आहार वितरण गरेको छ ।

बाग्लुङ्गको मुलपानी स्वास्थ चौकीको आयोजना र बाग्लुङ नगरपालिका वडा न. ७ को आर्थिक सहयोगमा वडा भित्रमा रहेका गर्ववती महिलाहरुको पोषणलाई थप सहयोग गर्ने हेतुले २९ जना गर्ववती महिलालाई १/१ क्यारेट अन्डा वितरण गरिएको छ ।

त्यस्तै माघ महिनाबाट यता सुत्केरी भएका महिलाहरुलाई पनि पोषणमा केही रूपमा सहयोग होस भनेर अन्डा वितरण गरिएको मुलपानी स्वास्थ चौकीका प्रमुख महेन्द्र प्रकाश शर्माले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा वडा अध्यक्ष खगराज पाण्डेको प्रमुख आतिथ्यमा राहत वितरण गरिएको थियो । कार्यक्रममा नेकपाको अध्यक्ष मेगनाथ गैरे र नेकपा समितिका सचिव बिकास बिश्वकर्मा, नेपाली काङ्ग्रेसका वडा सभापति शशीधर गौतम, वडा सचीव हिरा बहादुर छेत्री , सन्चारकर्मी रमेश सेन्चुरीको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको थियो । कार्यक्रम महेन्द्र प्रकाश शर्माको संचालनमा बैकुण्ठ निउरेको शुभकामना मन्तव्य थियो भने सामाजिक दुरी कायम गर्दै कार्यक्रमको सहजीकरण निर्मला ढकालले गर्नु भएको थियो ।

प्रतिक्रिया