लाकडाउनले सांगितीक बजार सिलि हुन भने पाएको छैन । कलाकाहरुले नयाँनयाँ गीतहरु सार्वजनिक गरिरहेका छन । सोहि क्रममा बिरही बस्याल र बिना छन्त्यालको आवाजमा रहेको लोक दोहोरी “बाँसै काटी चोयाँ” बोलको लोक दोहोरी गित सार्वजनिक भएको छ ।
यो गीतमा लोक प्रिय गायक तथा सर्जज संगीतकार सागर बिरही को शब्द संगीत तथा एरेन्ज रहेको छ । “बाँसै काटी चोयाँ” बिना छन्त्याल अफिसिएल युट्युब बाट डिजिटल मार्केटमा सार्बजनिक भएको छ ।
भने चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन, राजेश घिमिरेको छायांकन, बिश्णु शाहीको सम्पादन रहेको यस लोक दोहोरी गीतमा महेन्द्र गौतम र सम्पदा बानियाँको अभिनय रहेको छ ।
गीत सार्वजनिक भए पछि हामीसँग कुरा गर्दै गायक विरही बस्यालले गीतलाई सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।