कोरोना संक्रमणबाट स्याङ्जाका एक पुरुषको मृत्यु

पोखरा । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ । उनी स्याङ्जाका पुरुष हुन् ।

कोरोना संक्रमणको कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भर्ना गरिएका ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनी स्याङजाको वालिङ नगरपालिकाका हुन् ।

प्रतिक्रिया