मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । अहिले देशभर स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मुलुकको प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका भू–भागमा सामान्य बदली रहेको छ भने प्रदेश ५, प्रदेश २ मा सामान्यतया मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, गण्डकी, बागमती, र कर्णाली प्रदेशहरुमा सामान्य बदली हुनेछ भने प्रदेश २, सुदुर पश्चिम र प्रदेश ५ मा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा सुदुरपश्चिम, प्रदेश २ र प्रदेश ५ का एक, दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

आज राती वागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश १ र प्रदेश २ मा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया