काठमाण्डौ - नेपाली शेयर बजार अत्यन्तै चलाएमान भइरहेको छ । शेयर बजारमा दैनिक कृतिमनी कायम भइरहेको छ ।
यसैबीच एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ ।
बैंकले ८ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यपिटलले गर्नेछ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।