कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

जेठ २० गते मृत्यु भएका एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पाल्पाको पूर्वखोलाका ४५ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

उनको २० गते मिसन अस्पताल पाल्पामा मृत्यु भएकोमा संकलित स्वाब परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

उनी भारतबाट आएर क्वरेन्टाइनमा बसेका थिए भने स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना भएकोमा मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० पुगेको छ।

नेपालमा बिहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका १ जना, नारायणी अस्पताल विरगंजमा पर्साका १ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान विराटनगरमा झापाका ३ जना, ताप्लेजुङका १ जना, मोरङका १ जना र सप्तरीका १३ जना गरी १८ जना, हेटौडा स्थित प्रादेशिक प्रयोगशालामा बाराका ७, सिन्धुलिका १ र रौतहटका १ गरी ९ जना, पोखरामा गरिएको परीक्षणमा म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४ र स्याङ्जाका १ जना गरी कुल १६ जना, सेती प्रादेशिक अस्पतालमा डोटिका ३ जना, भेरी अस्पतालमा बाँकेका ४२ जना, धुलिखेल अस्पतालमा कपिलवस्तुका १७ जना, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा मुगुका १ र दैलेखका १ सय ५ जना गरी कुल १ सय ६ जना, कोशी अस्पतालमा झापाका २ जना र खोटाङका ३ जना गरि ५ जना, प्रादेशिक अस्पताल सुर्खेतमा दैलेखका ८ जना, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बारामा ५ जना, धनुसाका ६ जना, कपिलवस्तुका १२ जना, महोत्तरीका ३ जना, रौतहटका ६४ जनामा संक्रमण देखिएको छ ।

आज देखिएको संक्रमण भएका व्यक्तिहरुमा ३ सय १९ जना पुरुष र १५ जना महिला रहेका छन् ।

मन्त्रालयका अनुसार अहिले सम्म कुल ८४ हजार १ सय ३४ पीसीआर टेस्ट र १ लाख २५ हजार ५ सय ६४ आरडीटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ६७ पीसीआर परीक्षण र ५ हजार १ सय ८५ आरडिटी परीक्षण गरिएको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रवक्ता देवकोटाले पाँच दिन अघि भारतबाट आएका पाल्पा जिल्ला पूर्वखोला गाउँपालिकाका एक जना पुरुसको तानसेन स्थिति मिसन अस्पतालमा जेठ २० गते मृत्यु भएको र स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।

यस्तै थप १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ । सरकारले हाल विभिन्न स्थानका २१ प्रयोगशालाबाट परीक्षण गर्दै आएको छ ।

प्रतिक्रिया