नसरीकाे धरानमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ । धरान १५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा छोरी र आमा मृत्यु भएको हाे ।
आगालागिको कारण खुल्न नसकेको बताइएकाे छ । दमकल, प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटिरहेका छन् ।
अन्य समाचार : गण्डकी प्रदेशका १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । बिहीबार चार जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएकाे गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले जनाएकाे छ । संक्रमितहरू बागलुङका १०, पर्वतका चार, म्याग्दीका एक र स्याङ्जाका एक जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएकाे हाे ।
जसमा बागलुङको निसीखोला गाउँपालिकाका ३३ वर्षीय महिला, २२ र २९ वर्षीय पुरुष, बडिगाड गाउँपालिकाका १२, २०, २१ र २५ वर्षीय पुरुष, गलकोट नगरपालिकाका २०, २२, २३ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
योसँगै बागलुङमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ पुगेको र दुईजना निको भएर घर फर्कीएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै पर्वतको बिहादी गाउँपालिकाका २४ र २८ वर्षीय पुरुष, फलेवास नगरपालिकाका २१, २१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । योसँगै पर्वतमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १८ वर्षीय पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ पुष्टि भएकासँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या १३ र म्याग्दीमा दुई पुगेको छ ।
गण्डकी प्रदेशमा भारतबाट फर्कनेको संख्या बढ्दै गएपछि परीक्षणको दायरा समेत बढाउन थालिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबारसम्म तीन हजार ९६६ जनाको स्वाब नमूना संकलन गरिएकोमा तीन हजार ३६८ जनामा कोरोना संक्रमण नदेखिएको र ५४१ जनाको रिपोर्ट आउँन बाँकी रहेको छ ।