बाग्लुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ मा कोरोना

काठमाडौं । बाग्लुङ, स्याङ्जा, पर्बत र म्याग्दीमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।

बाग्लुङको निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, गल्कोट नगरपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, म्याग्दीको मंगला गाउँपालिका, पर्वतको बिहादी गाउँपालिका र फलेबास नगरपालिकामा थप संक्रमित फेला परेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन् ।

बाग्लुङ निसीखोला गाउँपालिका २२ र २९ वर्षका २ जना पुरुष र वर्ष ३३ की एक महिला, बाग्लुङ वडिगाड गाउँपालिकाका १६, २०, २१ र २५ का ४ जना पुरुष र गल्कोट नगरपालिकाका वर्ष २०, २२ र २३ का ३ जना पुरुष गरी बाग्लुङमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पर्बतको फलेबास नगरपालिकाका वर्ष २१ र २१ का दुई पुरुष र सोहि जिल्ला बिहादी गाउँपालिकाका वर्ष २४ र २८ का २ जना पुरुषमा गरि पर्बतमा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का एकजना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।

प्रतिक्रिया