• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

सीमा अतिक्रमणको विरुद्धमा अहिले सम्मकै कडा चेतावनी सहितको गीत ल्याए सुर्य र सम्झनाले – भिडियो सहित

देशको सीमा अतिक्रमण विरुद्धमा सिँगो देश अहिले आक्रोशीत छ । नेपालको सीमाको बाटो भएर भारतले सडक निमार्ण गरे पछि यो विषयले गीत संगीतमा समेत प्रवेश पाएको छ । धेरै कलाकाहरुले यसै विषयलाई लिएर खवरदारी गरेका गीतहरु सार्वजनिक गरिरहेका छन । यसै क्रममा सुर्य खड्का र सम्झना लामिछानको आवाजमा अहिले सम्मकै कडा चेतावनी सहितको गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतको शब्द र संगीत संयोजन समेत निकै मिलेको छ । सुर्य र सम्झनाले गीतलाई निकै न्याय गरेर आवाज दिएका छन ।

गीतलाई चर्चित सर्जक शिव अखेलीले शब्द सिर्जना गरेका छन भने खेम सेञ्चुरीले लय सिर्जना गरेका छन छ । गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायिका सम्झना लामिछाने मगरले देशको सीमा अतिक्रमण विरुद्धमा सबै नेपाली एक जुट हुनु पर्ने धारणा राख्नु भयो । देशको लागी आफ्नो तर्फबाट गीत संगीतबाट दवाद सिर्जना गर्न गीत सार्वजनिक गरिएको उहाँले बताउनु भयो ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया