बाग्लुङका ६ जनामा फेरि कोरोना पोजेटिभ

कास्की । बाग्लुङका ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट फर्किएका बागलुङको पश्चिम भेगका उनीहरु सुनौली नाका हुँदै बाग्लुङ पुगेका थिए ।

बाग्लुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपनि थप जानकारी केहि समयपछि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिने बताए ।

यता गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. बिनोद विन्दु शर्माले उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताए ।

यद्यपि थप विवरण आउन बाँकी रहेकाले विस्तृत बुझेर प्रेस नोट मार्फत जानकारी दिने उनको भनाइ छ । संक्रमण पुष्टि भएकाहरु अहिले क्वारेन्टाइनमा बसिरहेको बुझिएको छ ।

यसअघिका दुई संक्रमित निको भएर घर फर्किएको लामो समयपछि बागलुङमा नयाँ संक्रमित फेला परेका हुन् । यो सहित बाग्लुङमा संक्रमितको संख्या आठ पुगेको छ ।

प्रतिक्रिया