स्वास्थ्य मन्त्री भानुभक्त ढकालको पीसीआर रिपोर्ट नेगेटिभ

स्वास्थ्य मन्त्री भानुभक्त ढकालको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। केही सयम अघि कपिलवस्तुमा कन्ट्याक्ट ट्रेसिङ तथा स्वाब संकलन गरेर फर्किएका एक चिकित्सकमा कोरोनाको संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत सयभन्दा बढी कर्मचारीको स्वाब परीक्षण गरिएको हो ।

ती चिकित्सकले स्वास्थ्य आपतकालिन परिचालन केन्द्रमा प्रेजेन्टेसन दिएको हुँदा कन्ट्याक्ट ट्रेसिङको आधारमा सबैजनाको पीसीआर परीक्षण गरिएको हो ।
स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीका अनुसार मन्त्रालयका सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ । ‘

मन्त्रीज्यू लगायत सबैको परीक्षण गरिएको थियो । मन्त्रीज्यूको आज बिहान नमुना लिएर परीक्षण गरिएको हो,’ उनले भने, ‘उहाँ मनमोहन कार्डियो थाेरासिक तथा भस्कुलर ट्रान्सप्लान्ट सेन्टर श्रम मन्त्रीलाई भेट्न जानुभएको हो । अरु त मलाई थाह भएन ।’

प्रतिक्रिया