काठमाडौं । एकजना कोरोना संक्रमितलाई भेटेपछि स्वास्थ्य मन्त्री भानुभक्त ढकाल क्वारेन्टाइनमा बसेका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एकजना पूर्वसांसदकी श्रीमतीलाई भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए ।
पूर्वसांसदले कुरा गर्दै सो कुराको पुष्टि गरेका छन् । उनका अनुसार मन्त्री ढकाल अस्पताल पुगेर भेट गरेका हुन् । त्यसपछि मन्त्री ढकालले कोरोना परीक्षण गर्न स्वाब संकलन गराएका छन् । कोरोनाको रिपोर्ट नआउन्जेल मन्त्री ढकाल सेल्फ क्वारेन्टाइनमा रहने भएका छन् ।
स्रोतका अनुसार पूर्वसांसदकी श्रीमतीलाई भेट्न केही सांसदहरु पनि पुगेका थिए । तर यसको पुष्टि भने हुन सकेको छैन ।